अब म अध्यक्ष रहिनँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्। शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन्। उनले आफू अब महाधिवेशन आयोजक समिति संयोजक मात्रै रहेको बताए। उनले भने, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो।
