यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
विभिन्न ६ वटा निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ,’ साहले भने ।
