SHARE
पर्दाफास · शुक्रबार​ १० असो २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधानसेनापतिहरूसँग छलफल, पृतनापतिहरूसँग पनि समीक्षा

प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन्। पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग सिग्देलले छलफल गरेका हुन्। जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्लेले पूर्वप्रमुखहरूसँग राय लिएका छन्। यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू पनि जंगी अड्डामा जुटेका छन्।