SHARE
पर्दाफास · शुक्रबार​ १० असो २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

देशको स्वाधीनता गम्भीर अवस्थामा छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधीनता गम्भीर अवस्थामा रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिस्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरूले रूपान्तरणबारे सोच्नुपर्ने बताए ।