सरकारले फिर्ता माग्यो पूर्वनेता तथा प्रशासनिक पदाधिकारीसँग गाडी र सुरक्षाकर्मी
सरकारले पूर्वनेता तथा प्रशासनिक पदाधिकारीसँग कानुनबमोजिमबाहेकका गाडी र सुरक्षाकर्मी फिर्ता मागेको छ। सेवा निवृत्त भइसकेका पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुलाई कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधामात्र प्रदान गर्न गृह तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो।
