SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

रसुवा बाढीका मृतकप्रति असनमा दीप प्रज्वलन: ’विपद्मा सरकारको मात्र मुख नताकौँ’

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजको आयोजनामा शनिबार साँझ दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरियो ।