SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

पोखराको ५ ट्रक राहत रसुवाको उत्तरगयामा: १६५ बाढीपीडित परिवारलाई बस्तीमै पुगेर बाँडिने

पोखार । पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित १६५ घरपरिवारका लागि पाँच ट्रक राहत सामग्री पठाएको छ । धादिङ र नुवाकोटमा तुलनात्मक रूपमा धेरै राहत पुगिसकेकाले स्थानीय प्रशासन र पालिकासँग समन्वय गरी उत्तरगयामा सामग्री पठाइएको पोखराका प्रमुख धनराज आचार्यले बताए ।