SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, साढे १३ अर्ब मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।