स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो ।
