SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य, आसिफको शतक

काठमाडौं । आसिफ शेखको शतक र गुल्शन झाको आक्रामक अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ। वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए।