SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४ः०० बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।