सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई पनि प्राथमिकतामा राखौं: खनाल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
