रास्वपामा ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदिश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
