सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ विषयक सेमिनार सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो ।
