एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, आइतबार एकीकृत प्रतिवेदन तयार हुने
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् । शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन् ।
