SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०५:१५ AM · 1 मिनेट पढाइ

अब बन्ने सडक संरचना वातावरण र अपाङ्गतामैत्री हुनेछन् : यातायातमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार अब बन्ने सडक संरचनालाई वातावरण र अपाङ्गतामैत्री बनाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले संविधान र मन्त्रालयको नीतिअनुसार नै यस्ता पूर्वाधार निर्माणमा जोड दिइएको उल्लेख गरे ।