SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०६:३२ AM · 1 मिनेट पढाइ

वातावरण विनाशको जिम्मेवार नभए पनि नेपालले ठूलो मूल्य चुकाइरहेको छ : सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलवायु परिवर्तनमा नगण्य भूमिका खेले पनि त्यसको विनाशकारी प्रभावको ठूलो मार खेपिरहेको बताएका छन् । उनले आफूले नगरेको गल्तीको सजाय नेपालजस्ता मुलुकले भोग्नुपरेको उल्लेख गर्दै वातावरणमैत्री र दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।