हुलास आल्युमुनीयमको नयाँ विक्री शाखा काठमाडौं उपत्यकामा सञ्चालन
८ असोज, काठमाडौं। हुलास आल्युमुनीयमले काठमाडौं उपत्यकामा आफ्नो नयाँ विक्री शाखा सुरु गरेको छ। सोमबार सतुंगल–१०, काठमाडौंमा शाखाको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। यस नयाँ शाखा संचालनसँगै अब काठमाडौं उपत्यकाका ग्राहक र व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायतका गुणस्तरीय हुलास आल्युमुनीयम र स्टिल सामग्रीहरू उचित मूल्यमा सिधै शाखाबाट खरिद गर्न सक्नेछन्।
