SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

निर्माण कम्पनीहरुलाई ८ अर्ब ६६ करोड भुक्तानी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले गत आर्थिक वर्षमा निर्माण कम्पनीहरुलाई ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेको बताएका छन् । शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षमा ८ अर्ब ६६ करोड रुपैयाँ अघिल्लो वर्षको भुक्तानी गरेको बताए ।