अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
