SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ०९:२७ AM · 1 मिनेट पढाइ

नेतृत्व परिवर्तनबारे प्रचण्ड भन्छन् : ‘महाधिवेशनसम्म सबै हल हुन्छ’

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकपछि उनले नेतृत्व परिवर्तनबारे छलफल भइरहेको र महाधिवेशनसम्म सबै कुरा समाधान हुने बताए ।