शेयर बजार २७.८९ अंकले घट्यो
काठमाडौं । बुधबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा झरेको हो । दिनभर उतारचढाव देखिए पनि अन्ततः बजार तलतिरै गयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ५ अर्ब २९ करोडको कारोबार भए पनि बुधबार ४ अर्ब १२ करोडमै सीमित रह्यो ।
