SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

मलद्वारमा लुकाएर ल्याइएको झन्डै १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब एक किलो सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका थिए ।