SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले संविधानअनुसार वर्तमान सरकार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने विषयमा कुनै सोच नभएको बताए ।