निर्वाचनको पक्षमा देखियो माओवादी केन्द्र, विशेष महाधिवेशनको मिति तोक्ने तयारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनलाई संविधानअनुसार सम्पन्न गर्न आवश्यक पहल गर्ने निर्णय गरेको हो । बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले पार्टीले निर्वाचन सुनिश्चितताका लागि सरकारलाई निरन्तर सचेत गराउने बताए ।
