काठमाडौं उपत्यकामा भीषण वर्षा, अधिकांश क्षेत्र डुबान
काठमाडौं । बुधबार दिउँसोदेखि परेको अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदीहरुमा बाढी आएको छ । बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका प्रमुख नदी तथा खोलामा पानीको सतह तीव्र गतिमा बढेको हो । जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षा भइरहेको भन्दै साँझसम्म जल सतह थप बढ्ने अनुमान गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
