SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ११:०५ AM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरी  नख्खु कारागारमा बुझाएको हो । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका शर्मा यसअघि पनि फरार भएका थिए ।