बेचन झा, टेकनारायण पाण्डे र प्रतीक थापा आफैँ कारागारमा हाजिर हुन पुगे
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका थप तीन जना कारागारमा हाजिर हुन पुगेका छन् । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका बेचन झा, टेकनारायण पाण्डे र प्रतीक थापा आफैँ हाजिर हुन पुगेका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा त्यही मौकामा तीन जना फरार भएका थिए ।
