SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

मन्त्री चौधरी र सचिवबीच कार्यसम्पादन करार सम्झौता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रबीच चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गर्नुपर्ने उपलब्धिका सम्बन्धमा कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा मन्त्री चौधरी र सचिवबीच कार्यसम्पादन करार सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।