अर्थमन्त्रीद्वारा विकास साझेदारसँग छलफल: विपद्पछिको पुनरुत्थान मुख्य एजेन्डा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनका विषयमा विकास साझेदारहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक आयोजित बसेको थियो । यस बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति रहेको अर्थमन्त्रालयको जनाएको छ ।
