तुइन खोलाको पहिरोले पोखरा-काठमाडौं सडकमा बढ्यो जाम
गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौं सडकखण्डमा पनि असर पारेको छ । पहिरोका कारण मुग्लिन क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप बढ्दा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था आएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईका अनुसार, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरिएको छ र पहिरो पन्छाउने काम भइरहेको छ ।
