डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा डा. भट्टराईले राजीनामा दिएका हुन् । त्यस्तै बैठकले वर्तमान केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने तयारी समेत गरेको छ ।
