मधेश प्रदेशमा भाँडभैलो : सरकारबाट बाहिरिने कांग्रेसको निर्णय
काठमाडौं । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । जनकपुरमा आज बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पुष्टि गरेको छ ।
