६ हजार ८१३ कैदीबन्दी अझै फरार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका कारागार र सुधारगृहबाट भागेका ६ हजार ८१३ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कारागारबाट ६ हजार १९१ र सुधारगृहबाट ६२२ कैदीबन्दी फरार रहेका छन् ।
