शिक्षामन्त्री पुनको निर्देशनपछि त्रिवि हाताभित्रको झाडी फाँडेर सुन्दर बगैँचा बनाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको जनाएको छ ।
