प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले असोज ९ गते बिहीबार (भोलि) राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । गत भदौ २७ गते शुक्रबार प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीको सम्बोधनका लागि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले समन्वय गरिरहेको छ ।
