SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

टाटा मोटर्सको ‘शानदार दशैँ-तिहार अफर’ : यस्ता छन् सवारी खरिदमा आकर्षक योजना

काठमाडौं । नेपालीहरूको महान चाड दशैँ र तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैँ–तिहार अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय ईलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ ।