SHARE
लोक पथ · बुधबार ८ असो २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

रास्वपाले फेरि सुमना श्रेष्ठलाई पार्टीमा भित्र्याउन लागेको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् । बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन् ।