विपद् जोखिम न्यूनीकरणबारे विदेशी प्रतिनिधिसँग छलफलमा अर्थमन्त्री डा. वाग्ले
काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिस्थितिगत अपडेटका विषयमा नेपालका लागि विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूसँग अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार दिउँसो ३:१० बजेदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा छलफल सुरु भएको हो ।
