SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

नेप्सेमा १५.४३ अंकको गिरावट, ४ अर्ब १९ करोड कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।