प्रधानमन्त्री शाह सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।
