पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, रिहा गर्न प्रहरीलाई निर्देशन
काठमाण्डु- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र धरपड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको छ।
