SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछि विद्युत् पुनःस्थापना तीव्र, विदुरका थप दुई वडामा बल्यो बत्ती

काठमाडौं : रसुवा बाढीका कारण क्षतिग्रस्त विद्युत् संरचना पुनर्निर्माणसँगै अवरुद्ध सेवा सञ्चालन गर्ने सरकारी अभियान तीव्र पारिएको छ। बाढीपछि विद्युत् सेवा प्रभावित भएका नुवाकोट र आसपासका क्षेत्रमा वैकल्पिक व्यवस्थासहित पुनःस्थापनाको काम अघि बढाइएको हो।