पहिरोले किम्रुङ खोला थुनियो, कालिगण्डकीका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
काठमाण्डु– पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बेलुकी सूचना जारी गर्दै खोला थुनिएपछि जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
