‘आर्मी–पुलिसले राहत सामग्री आफैंले लिए’ भन्ने अफवाहप्रति प्रहरीको आपत्ति
काठमाण्डु– भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीबारे सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति नेपाल प्रहरीले गम्भीर आपत्ति जनाएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै तथ्यहीन सामग्री प्रसारित भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
