बाढीपहिरो प्रभावितलाई एम.भी. दुगड़ ग्रुपको १ करोड ११ लाख रुपैयाँ सहयोग
काठमाडौं । एम.भी. दुगड़ ग्रुपले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुप तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश गरी उक्त रकम प्रदान गरिएको हो।
