SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण

काठमाडौं । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ । उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले आज अनावरण गरेका हुन् ।