SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइट इन्टरनेट सेवा दिने

काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । सञ्चार सञ्जाल अवरुद्ध भएका अवस्थामा समेत इन्टरनेट सेवा सञ्चालन गर्न युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू बाढी प्रभावित क्षेत्रमा जडान गर्न थालिएको एनसेलले जनाएको छ ।