मेगन बोल्डिन नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतमा नियुक्त
काठमाण्डु– अमेरिकी दूतावासले मेगन बोल्डिनलाई आगामी केही महिनाका लागि नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरेको छ। मंगलबार अमेरिकी दूतावासले फेसबुकमा लेख्दै बोल्डिनलाई कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरेको जनाएको हो । नेपालमा आएको बाढीपछि राहत तथा पुनर्लाभका काममा दूतावासको समन्वय गर्न बोल्डिनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ।
