SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

कांग्रेसले फेरि फेर्‍यो वडा अधिवेशनको मिति

काठमाण्डु– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ।  केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले कार्यतालिका परिवर्तन गरेको हाे । भोटेकोसी बाढीका कारण अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।  यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि गर्ने तय थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी